लेखनाथ महोत्सवलाई आमा समुहको सहयोग

लेखनाथ,९ मंसिर ।

आगामी पुस ५ गते देखि १६ गतेसम्म संचालन हुने १५ औं सस्करणको लेखनाथ महोत्सवलाई आमा तथा महिला समुहको सहयोग रहने भएको छ ।

महिला तथा आमा समुह परिचालन समन्वय उपसमितिको आईतवार बसेको पुर्व तयारी बैठकमा यस क्षेत्र भित्र रहेका आमा तथा महिला समुहले विगतका वर्ष जस्तै यस बर्ष पनि महोत्सवलाई सफल पार्न आ आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

footwear zone

विगतका महोत्सवमा भएका कमि कमोजोरीहरुलाई सुधार गर्दै यस वर्षको महोत्वलाई अझ वढि प्रभावकारी बनाउनका लागि आमा तथा महिला समुहहरु टोल टोलमा पुगि प्रचारात्मक अभियानमा जुट्ने र यस वर्ष पनि रत्यौली गित प्रतियोगितालाई परिस्कृत रुपमा समाबेस गराउने भएको हो ।

महिला तथा आमा समुह परिचालन समन्वय उपसमितिकी संयोजक जानुका पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पुर्व अध्यक्ष बावुराम गिरी, संघका बरिष्ठ उपाध्यक्ष वलराम ढकाल, कार्यसमिति सदस्य मेनुका श्रेष्ठ र राधा सापकोटा लगायतले महोत्सवमा प्रस्तुत गरिने रत्यौलीलाई प्रभावकारी बनाउन मौलिकता झल्कने गरि परिस्कृत गरेर अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।

You might also like

Comments are closed.