लेखनाथ ।
विश्वब्यापी रुपमा फौलिएको कोरोना भाईरसका कारण विभिन्न संघ सस्थाले गर्नु पर्ने साधारण सभा तथा अधिवेशनहरु रोकीरहेको अवस्थामा कास्कीमा रहेको लेखनाथ उद्योग बाणिज्य संघले नयाँ मोडलको कार्यविधि सहितको साधारण सभा गर्न सकिने योजनालाई अगाडी सारेको छ ।
साधारण सभा गर्नुपर्ने, भिडभाड गराउन पनि नमिल्ने विषम परिस्थीतिमा फरक शैलीवाट संघ संस्थाका गतिविधीहरुलाई अगाडी वढाउनु पर्ने आवश्यकतालाई मध्यनजर राख्दै नयाँ मोडलको साधारण सभा गर्न सकिने गरि प्रस्ताव अगाडी सारिएको हो ।

लेखनाथ उद्योग बाणिज्य संघको गत बर्ष सम्पन्न १२ औं अधिबेशनवाट निर्वाचित टिमले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा शनिवार राखिएको कार्यसमितिको बैठकमा एक वर्षे कार्यकालको समिक्षा सहित आगामी दिनका कार्ययोजना तथा भावी कार्यक्रम तयार गरेको हो ।
वि सं २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघमा आवद्ध १ हजार ३ सय ६५ ब्यवसायी सदस्यहरुको हितमा सामुहिक नेतृत्व प्रणालीद्धारा काम गर्दै ब्यक्ति प्रधान नभई नीति प्रधान हुने भावनाले नयाँ मोडलको बार्षिक साधारण सभाको कार्ययोजनालाई भादौ २० गते बसेको संघको कार्यसमितिको बैठकबाट अगाडी सारेको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।
कार्ययोजना अन्तर्गत बार्षिक प्रतिवेदन तयार गरी असोज ५ गते भित्र सम्पुर्ण ब्यवसायीको हातमा पु¥याईसक्ने र सोही प्रतिवेदनका आधारमा ब्यवसायीहरुबाट असोज १५ गते सम्म बैज्ञानिक विधिबाट सुझाव संकलन गर्ने र सोही सुझावका आधारमा असोज २५ गते सम्ममा सुझावमा सहभागि सदस्यहरु विभिन्न विधिबाट अन्तरकृया छलफलबाट आएका राय सुझाव समावेश गरि २४ औ साधारण सभा पारित भएको मानिनेछ भन्ने खालको योजना बनाईएको हो ।
कोरना भाईरसका कारण ब्यवसायीले भोग्नु परेका आर्थिक समस्याका बारेमा संघ दत्तचित्त भएर अगाडी वढेको विषय खुलाउदै संघ मार्फत एकताको सन्देश दिने खालका काम भएको बताईएको छ । यसै विचमा संघले साधारण सभा र लकडाउनका कारण सृजित समस्याको सहि निकासका बारेमा सल्लाहकार, विभिन्न उप समिति,पदाधिकारी र कार्यसमितिको बैठक वसि समस्याको खोजी गरेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।




Comments are closed.