वडा अध्यक्ष पोख्रेलको सहयोग विद्यालयलाई

तनहुँ, २६ बैशाख
बन्दीपुर गाउँपालिका–१ का अध्यक्ष भानुभक्त पोख्रेलले सामुदायिक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले पोख्रेलले आफुले पाउने तलब बापतको मासिक १० हजार रुपैयाँका दरले वडाका तीनवटा प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गर्ने भएका हुन् ।

सो अभियान अन्तर्गत पहिलो चरणमा उनले बुधबार सोही वडाका जनता प्राथमिक विद्यालय उपल्लोफाँटलाई ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरेका छन् ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधब पोख्रेललाई रकम हस्तान्तरण गर्दै अध्यक्ष पोख्रेलले शैक्षिक विकासका लागि आफुले पाउने सेवा सुविधा बापतको केही रकम विद्यालयलाई सहयोग गर्ने अभियान सञ्चालन गरेको बताए ।

जनप्रतिनिधिहरु कमाउ धन्दामा मात्र ध्यान नदिई शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रमा पनि ध्यान पु¥याउन सन्देश पुगोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको उनको भनाई थियो ।  वडाका जनता प्रावि , भँगेरी प्रावि र ज्योति प्रावि गरी तीन वटा प्राथमिक विद्यालयलाई आफुले पाउने सुबिधाबापतको रकमबाट दैनिक आधारभूत आवश्यकतामा हुने खर्चमा कटौटी गर्दै मासिक १० हजार रुपैयाँका दरले एक वर्षमा १ लाख ३० हजार रुपैयाँ उपलब्ध गर्ने योजना बनाएको वडाअध्यक्ष पोख्रेलले बताए ।

You might also like

Comments are closed.