वार्षिकोत्सव मनाउँदै रिमझिम, विशेष साँगीतिक साँझ सुरु

आर्थिक आवाज
पोखरा, २२ फागुन । पोखरा बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टमा विशेष सांगीतिक साँझ सुरु भएको छ । रिमझिम दोहोरी साँझ स्थापनाको चार वर्ष पुगेको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । फागुन २१ गतेबाट सुरु भएको विशेष साँगीतिक साँझ फागुन २५ गतेसम्म जारी रहनेछ ।

विशेष सांगीतिक साँझ अवधिभरमा प्रजापति पराजुली, प्रीति आलेमगर, शिव हमाल, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शंकर विरही गुरुङ, तारानाथ आचार्य, घनश्याम रिजाल, माया गुरुङ, शिवहरि ढुंगाना, ईश्वर सिंहले पालैपालो आफ्नो प्रस्तुती राख्नेछन् । पुरुषोत्तम न्यौपाने र कुमार पुनको प्रस्तुती भने हरेक दिन हुनेछ ।

नियमित कलाकारको रुपमा श्रीराम अधिकारी, सूर्य पाण्डे, शान्ति डोटेल, विनु ल्वागुन, कुमारी बुढा मगर, कमला न्यौपाने, करिष्मा विक, निर्मला सुनार, दुर्गा सुनार, संगम पाण्डे, सन्तोष बगर, भोगेन्द्र अधिकारी, भाष्कर, धन्जु, कृष्ण सेन्चुरी, किरण गुरुङले आफ्नो प्रस्तुती राखिरहेका छन् ।

footwear zone

साँझ ७ बजेबाट सुरु हुने साँगीतिक कार्यक्रम राति ११ बजेसम्म जारी रहन्छ । यो दोहोरी साँझ लोकप्रिय लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेको नेतृत्वमा सञ्चालनमा आएको हो । १६ जना कलाकारहरुसहित ३५ जनाले यहाँ रोजगारी पाएका छन् । विभिन्न स्वादिष्ट परिकारको स्वाद चाख्दै दोहोरीको आनन्द यहाँ लिन पाइन्छ । अब छिट्टै दिउँसोको समयमा खाजा घरको रुपमा समेत यसको सेवा विस्तार गरिने सञ्चालक पुरुषोत्तम न्यौपानेले जानकारी दिए ।

You might also like

Comments are closed.