विश्वकप हेर्न कास्की एन्फा टोली रसिया प्रस्थान

पोखरा, १४ असार ।

रसियामा जारी विश्वकप २०१८ हेर्न कास्की फुटबल संघ (एन्फा) को टोली बिहिबार पोखरा बाट त्यस तर्फ प्रस्थान गरेको छ ।

रसिया जाने टोलीमा कास्की एन्फाका अध्यक्ष मिलन गुरुङ सहित १०  जना रहेका छन् । नेपाल खेलकुद पत्रकार मंच कास्की जिल्लाका सदस्य सुरज श्रेष्ठ र पूर्व अध्यक्ष बिनोद लामिछाने पनि टोलीमा रहेका छन् ।

footwear zone

त्यसै गरि विश्वकप हेर्न जाने टोलीमा एन्फा कास्कीका उपाध्यक्ष विश्व तण्डुकार महासचिब रमेश कार्की र सदस्य शुवाष गुरुङ तथा अन्य फुटबल प्रेमीहरुमा काशी बसेल, प्रकाश गुरुङ, हिमाल गुरुङ, गम बहादुर गुरुङ र सक्षम श्रेष्ठ रहेका छन् ।

विश्वकप हेर्न पहिलो पटक आधिकारिक रुपमा जान लागेको टोलीलाई  कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, एन्फा कास्कीका उपाध्यक्ष इश्वर गुरुङ (चन्द्र), एन्फा कास्कीका सदस्य नर गुरुङ र नरेश गुरुङले बिदाइ गरेका थिए ।

केन्द्रिय एन्फामा नयाँ नेतृत्व परिवर्तन भए संगै फुटबलको महाकुम्भ हेर्ने यस्तो अबसर पहिलो पटक प्राप्त भएको कास्की एन्फाका अध्यक्ष मिलनले बताए । यो अबसरले कास्कीमा फुटबल बिकासमा लाग्नेहरुका लागि ठूलो हौसला समेत मिलेको उनले बताए ।

कास्की एन्फाको टोली शुक्रबार काठमाडौ दोहा हुँदै मस्को पुग्ने कार्यक्रम तय भएको छ ।

 

You might also like

Comments are closed.