प्याब्सन र नेशनल प्याब्सनले भन्यो, ‘खर्च धान्न सकिएन, वैकल्पिक शिक्षा बन्द गर्न बाध्य भयौं’

शिक्षक कर्मचारीलाई बेतलबी विदा

आर्थिक आवाज
काठमाडौं । प्याब्सन र नेशनल प्याब्सनले साउन १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेको छ । शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर विदा दिने निर्णयसमेत दुवै संस्थाले गरेका छन् ।

‘यस परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यावसायिक संकट आइपरेकाले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ

footwear zone

You might also like

Comments are closed.