व्युटिसिटीको आयोजनामा २२ जनालाई कम्प्युटर तालिम

पोखरा । लायन्स क्लब अफ पोखरा व्युटिसिटीको आयोजनामा कम्प्यटर तालिम सुरु भएको छ । ३ महिनासम्म निःशुल्क सञ्चालन हुने कम्प्युटर तालिमको शुक्रबार लायन्सका डिष्ट्रिक्ट गभर्नर तथा प्रमुख अतिथि ईन्दु लम्सालले उद्घाटन गरिन् ।

बेसिक तथा डिप्लोमा कोर्समा २२ जना जेहेन्दार तथा गरिब विद्यार्थीहरु सहभागी रहेको कार्यक्रम संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष सबि शेरचनले जानकारी दिइन् । पोखराको महेन्द्रपुलमा रहेको नोभा कम्प्युटर एण्ड ल्याङग्वेज इष्टिच्युटको व्यवस्थापनमा टे«निङ सञ्चालन हुनेछ ।

कार्यक्रममा बोल्दै लम्सालले आफ्नो कार्यकालको मुख्य कार्यक्रम अन्तर्गत रहेर व्युटिसिटीको आयोजनामा कम्प्युटर तालिम सुरु भएको भन्दै खुसी व्यक्त गरिन् । क्लबका कार्यवहाक अध्यक्ष मीना प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सवि शेरचनले र धन्यवाद मन्तव्य संस्थापक अध्यक्ष चिनु गुरुङले राखेकी थिइन् । कार्यक्रम सञ्चालन सचिव दुर्गा मर्सानीले गरेकी थिइन् ।

footwear zone

कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी बिनोद ढुंगाना, डिष्ट्रिक्ट चिफ एडभाइजर महेन्द्र पौडेल, रिजन चियर पर्सन सारदा शर्मा, जोन चियरपर्सन सीता केसी, कमिटी चियर पर्सन अरूना शेरचन, मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, फुलबारी मन्टेसरी स्कुलका डाइरेक्टर जीवन शेरचन लगायतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.