श्रीजनशील बालसेवा परिवारलाई काठमाडौं घाँसी नेपालद्वारा खाद्यान्न सहयोग

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं घाँसी नेपालको आयोजनामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको गोठाटारमा रहेको श्रीजनशील बालसेवा परिवारलाई क्लबले मंगलबार एक कार्यक्रमबीच खाद्यान्न वितरण गरेको हो । आश्रममा २० बालबालिका आश्रित छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर मनबहादुर रोकाले घाँसी नेपालले सामाजिक क्षेत्रमा रचनात्मक कार्यक्रमहरु गरेको भन्दै प्रशंसा गरे ।

footwear zone

कार्यक्रमलाई सफल पार्न जोन चियरपर्सन तथा क्लबका निवर्तमान अध्यक्ष रोजिना श्रेष्ठ, क्लबका कोषाध्यक्ष प्रतिभा निरौला, क्लब सर्भिस चियरपर्सन राजेन्द्र श्रेष्ठ, डाइरेक्टर अरुणा श्रेष्ठ लगायत घाँसी क्लबका सदस्यहरुले सहयोग गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक्टका सेकेण्ड भाइस गभर्नर महेन्द्र पौडेल, चिफ एडभाइजर मणिश्रीरत्न बज्राचार्य, क्लस्टर प्रमुख राम राजा थापा लगायत उपस्थिति थिए । क्लबका अध्यक्ष दीपिका पोखरेलको अध्यक्षमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.