पोखरा ।
गण्डकी प्रदेश संसदको विधायन समिति सभापति मोहनप्रसाद रेग्मीलाई कोरोना संक्रमण भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका उनलाई बुधबार कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

स्याङ्जा घर भएका उनी पोखरा बस्दै आएका थिए । आफूसँग सम्पर्क रहेका व्यक्तिलाई कोरोना देखिएपछि उनले ४ दिनअघि स्वाब दिएका थिए । स्वाबको रिपोर्ट बुधबार आएको र त्यसमा पोजिटिभ देखिएको सभापति रेग्मीले जानकारी दिए ।
रेग्मीले पोखराको एक प्रहरी गणमा १८ जनालाई संक्रमण देखिएका प्रहरीसँग करीब १० दिनअघी सँगै खाना खाएका थिए । स्याङ्जा प्रहरीका अधिकांशमा कोरोना देखिएपछि उनीहरुको सट्टामा खटिन पोखराबाट गएका प्रहरीमासमेत संक्रमण देखिएपछि उनलेपनि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब दिएका थिए ।
रेग्मीलाई कोरोना संक्रमण पुष्टी भएपनि लक्षण भने देखिएको छैन । उनी होम आइसोलेसनमा बस्दै आएका छन् । उनी पोखरामा भाडामा बस्दै आएका छन् । मलाई संक्रमण भएपनि अहिलेसम्म लक्षण देखिएको छैन, उनले भने,‘त्यसैले होम आइसोलेसनमै बसेको छु ।’ उनले आफूलाई केहि नहुने विश्वास व्यक्त गर्दै भने,‘मलाई केहि भएको छैन, म चाँडै सञ्चो हुन्छु ।’
यसैबीच, स्वाब दिइसकेपछिपनि रेग्मीले प्रदेशका विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेको खुलेको छ । उनले प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनसहित सांसद तथा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीसँग भेटघाट गरेको बताइएको छ ।




Comments are closed.