संविधान संसोधनको पक्षमा लाग्न कांग्रेसलाई भगवानले सत्बुद्धी देओस् : पहारी

 

पोखरा ।

गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले अतिक्रमित भूमि फिर्ता गर्नका लागि संविधान संसोधनको पक्षमा लाग्न कांग्रेसलाई भगवानले सत्बुद्धि देओस् भनेर कामना गरेका छन् । प्रदेश सभाको शुक्रबारको छलफलमा भाग लिदै नेकपा सांसद पहारीले सरकारले भारतद्वारा अतिक्रमित भूमि फिर्ताका लागि संविधान संसोधन गर्न खोज्दा नेपाली कांग्रेसले पार्टी भित्र छलफल गर्नुपर्छ भन्दै भाग्न खोजेको आरोप लगाउँदै भने,‘त्यसैले म संविधान संसोधन गर्ने पक्षबाट पछाडि नहट्न गौरवशाली पार्टी कांग्रेसलाई पशुपतिनाथ, मुक्तिनाथ र बक्रेश्वर महादेवले उत्प्रेरणामूलक सत्बुद्धि देओस् भन्ने कामना गर्दछु ।’

footwear zone

सोहि छलफलमा भाग लिदै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालेपनि अतिक्रमित भूमि समेटेर तयार पारिएको नेपालको नया नक्सामा निशान छाप लगाउनका लागि संविधान संसोधन गर्ने कार्यमा कांग्रेससहित सबै दललाई उभिन सत्बुद्धि देओस् भनेर कामना गरे ।

You might also like

Comments are closed.