संसदीय सभा प्रणाली तालिम सँगै जेसीज वीकइण्ड २०१८ सुरु

पोखरा, १४ बैशाख ।

१८ देखी ४० वर्ष भित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अग्रणी संस्था पोखरा जेसीजले सामुदायिक विकास क्षेत्र अन्तर्गतको महत्वपुर्ण कार्यक्रम जेसीज विकइण्ड–२०१८ को एक भब्व्य समारोहका विच शुभारम्भ भएको छ ।

फरक अनुभूतिका लागि परिवर्तन स्वीकारौ भन्ने उद्घोषका साथ मानिसको अन्तरनिहित वौद्धिक क्षमता पहिचान तथा विकास सँग सम्बन्धित कम्पनी धी वच लर्निङ्ग मार्ट कम्पनीले मुख्य प्रायोजन गरेको त्रिदिवसीय कार्यक्रमको पहिलो दिन पोखरा लेखनाथ महानगरपालीकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई संसदीय सभा प्रणाली तालिम तथा प्रभावकारी बैठक सञ्चालन तालिम कार्यक्रम सम्पन्न गरिएको होे । पोखरा लेखनाथ महानगरपालीका र नेपाल जेसीजको सहयोग सञ्चालित सो कार्यक्रम सञ्चालन गरिएको थियो जेसीज सप्ताहन्त कार्यक्रमका मुल संयोजक जेसी देवराज शर्माले बताए ।

footwear zone

पहिलो सत्रमा उद्घाटन कार्यक्रम गरी दास्रो सत्रमा तालिम कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष प्रकाश वहादुर के.सी. सो कार्यक्रममा प्रमुख प्रशिक्षक र नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई वल्र्ड भाइस प्रसिडेन्ट राजु केसी प्रशिक्षकको रुपमा थिए । पोखरा लेखनाथ महानगरपालीकाका प्रमुख मान वहादुर जिसिको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको विशिष्ठ अतिथि महानगरपालीकाकी उपप्रमुख मन्जु गुरुङ थिईन् ।

वर्ष २०१८ को जेसीज सप्ताहन्त कार्यक्रमका मुल संयोजक तथा पोखरा जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी देवराज शर्माले कार्यक्रम माथि प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता पोखरा जेसीज वर्ष २०१७ का अध्यक्ष जेसी शिव कोइराला ले गरेका थिए भने प्रथम दिनको सो कार्यक्रमका संयोजक जेसी विनोद भुजेलले स्वागत मन्तव्य राखेका थिए । पोखरा जेसीजका महासचिव जेसी गणेश गिरीले सञ्चालन गरेको सो कार्यक्रममा सामुदायिक विकास क्षेत्रका उपाध्यक्ष जेसी घननाथ सापकोटाले जेसीज आस्थापाठ गरेका थिए ।

You might also like

Comments are closed.