सचिव वस्यालबाट रासस प्रदेश कार्यालय निरीक्षण

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्न जान लागेका गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले सनिवार राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ९ नयाँ बजारस्थित कार्यालयमा पुगि उनले कार्यालयको भौतिक अवस्थिति एवम् सेवा प्रवाह लगायतका बारेमा जानकारी लिएका हुन् । निरीक्षणका क्रममा सचिव बस्यालले कार्यालय भवन अन्यन्त जीर्ण अवस्थामा देखिएको र दैनिक कार्य सञ्चालनका लागि पनि बैकल्पिक व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए ।

कार्यालय भवन निर्माणका लागि आप्mनो तर्पmबाट तत्कालै पहल गर्ने प्रतिवद्धता व्यक्त गर्र्दै सचिव बस्यालले भने,“जीर्ण रहेको कार्यालय भवन तत्कालै पुनःनिर्माणका लागि मेरो तर्फबाट पहल रहने छ ।” कार्यालयका समाचारदाता हरिप्रसाद बास्तोलाले रासस प्रदेश कार्यालयबाट भई रहेका सेवा प्रवाह, जनशक्ति, सञ्चार सामग्री लगायतका बारेमा सचिव बस्याललाई जानकारी गराएका थिए ।

footwear zone

प्रदेश कार्यालय अन्तर्गत ११ वटै जिल्लामा रहेका जिल्ला समाचारदाताहरुले सङ्घ,प्रदेश तथा स्थानीय सरकारका गतिविधिहरु, सार्वजनिक सरोकार, कृषि, पर्यटन, खेलकूद लगायतका विषयहरुका बारेमा समाचार सम्प्रेशण गर्दैै आएको जानकारी बास्तोलाले गराए ।

शहरी विकास तथा भवन कार्यालय कास्कीको प्राविधिक रिपोर्टबाट समेत कार्यालय भवन जीर्ण पाइएको र कार्य सञ्चालनमा समते जोखिम देखिएकाले तत्काल भत्काउनुपर्ने व्यहोरा बारे समेत सचिव बस्याललाई अवगत गराइएको थियो ।

सचिव बस्याल प्रदेश सरकारको प्रमुख सचिवमा १६ महिना कार्यकाल व्यतित गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका हुन् । उनी आइतबार प्रदेश सरकारबाट बिदाई भएपछि पदबहालीका लागि काठमाडौँ जानुहुने कार्यक्रम रहेको छ ।

You might also like

Comments are closed.