काठमाडौं । सन्राइज बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अनुरुप आफ्ना ग्राहकलाई नबिनतम् सेवा प्रदान गर्दै आएको छ । यसै अनुसार नेपालमै पहिलो पटक सन्राइज बैकले आफ्ना ग्राहकबर्गहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।
यस सेवाको सुरुसँगै अबदेखि सन्राइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् । यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सन्राइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैकले जनाएको छ ।
हालसम्म सन्राइज बैंकका ग्राहकहरुले ‘सनराइज स्मार्ट एम’ बाट बत्ती, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् ।

विद्यमान महामारीको समयमा घरैमा बसी बसी यसरी बिभिन्न सेवाका शूल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहकबर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैंकको विश्वास छ ।




Comments are closed.