समृद्धि हस्तकला उद्योग आयोजनामा निःशुल्क तालिम

आर्थिक आवाज
पोखरा, ७ भदौ ।

ज्ञानलाई सिपमा बदली आत्मनिर्भर बनी आर्य आर्जन बढाऔं भन्ने उद्देश्यका साथ निःशुल्क हस्तकला तालिम सञ्चालन गरिएको छ । पोखरा ४ मा रहेको समृद्धि हस्तकला उद्योगले तालिम आयोजना गरेको हो । बुधबार शुरु भएको तालिम ३ दिनसम्म चल्ने उद्योगका सञ्चालक गीता तिवारीले जानकारी दिइन् ।

footwear zone

कार्यक्रमको उद्घाटनमा बोल्दै गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले नेपाली हस्तकलाका सामान विश्व बजारमा नै लोकप्रिय रहेको बताइन् । हस्तकला मार्फत महिलाहरु आत्मनिर्भर बन्न तथा आयआर्जन बढाउन पनि सहयोगी रहेको उनको भनाइ छ ।

कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष शंकर बास्तोला, बुढानिलकण्ठ मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बहादुर कोइराला, महिला उद्यमी महासंघका कार्यक्रम व्यवस्थापक कोपिला डंगोल, महिला उद्यमी सीता गुरुङ, गोमा ढकाल, सामाजिक अभियान्ता सुष्मा पौडेल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.