सम्पर्कविहीन तारा एअरको जहाज खोजीकार्यमा प्रतिकूल मौसम बाधक

काठमाडौं ।  कास्कीको पोखराबाट आइतबार विहान जोमसोमो लागि उडेको तारा एअरको 9N-AET, DHC-6 TWIN OTRER  जहाज सम्पर्क विहीन भएको तारा एअरले जानकरी दिएको छ ।

तारा एअरका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिए दिएका छन् । जहाजमा चालक दलका ३ र १९ जना यात्रुहरुसहित २२ जना रहेको तारा एअरले जनाएको छ । जसमध्ये १३ जना नेपाली र ४ जना भारतीय साथै २ जना जर्मन नागरिक रहेको तारा एअरको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेट जादाँ सम्म घोडेपानीमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्क विहीन भएको तारा एअरले जनाएको छ ।

footwear zone

विमान खोजतलासका लागि जोमसोमबाट हेलिकप्टर पठाइएको तर प्रतिकुल मौसमका कारण पुनः जोमसोम र्फकिएको छ । मौसम ठिक हुने वितिकै पुनः खोजी कार्य सुचारु हुने विज्ञप्तीमा जनाइएको छ ।

जहाज उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको समेत तारा एअरले जानकारी दिएको छ ।

 

You might also like

Comments are closed.