सांघाईमा कोरोना संक्रमण तीव्र, चीनको अर्थतन्त्र अपेक्षा गरिएभन्दा बढी प्रभावित

काठमाडौं । कोरोना भाइरस संक्रमण यतिबेला चीनको सांघाईमा यतिबेला तीव्र गतिमा फैलिएको छ । अन्य मुलुकमा कोभिडको संक्रमण कम भइरहेको अवस्थामा चीतमा भने कोरोना संक्रमण तीव्र भएको होे, जसबाट चीनको अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ।

कोभिड–१९ महामारीले चीनको अर्थतन्त्रमा अपेक्षा गरिए भन्दा बढी प्रभाव पारेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको खुद्रा बजार सबैभन्दा बढी प्रभावित बनेको हो । यस्तै, उद्योगहरूको उत्पादन समेत प्रभावित बनेको अमेरिकी समाचार संस्था सिएनएनले जानकारी दिएको छ ।

चीनको तथ्यांक विभागका अनुसार त्यहाँको खुद्रा व्यापार गत वर्षको तुलनामा ११.१ प्रतिशतले खुम्चिएको छ । यो यसअघि गरिएको ६.१ प्रतिशतको गिरावटको प्रक्षेपणभन्दा बढी हो । यसअघिको प्रक्षेपणभन्दा ५ प्रतिशत बढीले चीनको बजार प्रभावित बनेको पाइएको छ ।

footwear zone

यसैगरी, चीनको औद्योगिक उत्पादन २.९ प्रतिशत घटेको छ । जुन, अघिल्लो वर्षको तुलनामा यसअघि ५ प्रतिशतले सुधारिएको थियो । तर, सांघाईमा कोरोना महामारी फैलिएसँगै फेरी उत्पादनमूलक उद्योग प्रभावित बनेका हुन् । यद्यपि, चीनले सांघाईमा फैलिरहेको कोभिड महामारीलाई नियन्त्रणमा लिने प्रयास भने जारी राखेको छ ।

You might also like

Comments are closed.