सानिमाको धमाका योजना, ७० रुपैयाँ बोनस ग्यारेन्टी

आर्थिक आवाज

पोखरा, ४ मंसिर । सानिमा बैंक सहित गैर आवासीय नेपालीहरुले प्रबर्धन गरेको सानिमा लाइफ इन्स्योरेन्सले अत्याधुनिक स्तरको जीवन बिमा सेवा प्रदान गर्ने उदेश्यका साथ ‘सानिमा जीवन श्री’ जीवन बीमा योजना बजारमा ल्याएको छ ।

ग्राहकहरुको आर्थिक हितलाई ध्यानमा राखी सुरुमानै यस योजना अन्तर्गत जीवन बीमा गर्दा पूरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस ग्यारेन्टी गरिएको यस कम्पनीका क्षेत्रिय प्रमुख सुदिपराज ढुङ्गानाले जानकारी दिए ।

footwear zone

यस योजनामा न्यूनतम पाँच लाख बीमाङ्क रकम देखि आयश्रोतको आधारमा अधिकतम बीमाङ्क निर्धारण गरिने छ । १६ वर्षदेखि ६० वर्षसम्मका व्यक्ति यस योजनामा सहभागि हुन सक्ने योजना बीमा समाप्तीको अधिकतम उमेर ७० बर्ष निर्धारण गरिएको छ । जसमा १० वर्षदेखि २५ वर्षसम्मको बीमा अवधि रहनेछ । दश देखि ५÷५ वर्ष अन्तरमा २५ बर्ष बीमा अवधि निर्धारण गरिएकाय अवधीको पनि सोहीे योजना अन्तर्रगत १० बर्षे अवधीको विमा गर्दा ६ बर्षमात्र प्रिमियम तिरे पुग्ने र भुक्तानी अवधि १०, १५ र १८ बर्ष रहेको छ ।

बीमा समाप्ती मितिसम्म बीमित जीवीत रहेमा बीमालेखेको शर्तहरुको अधिनमा रही प्रत्यक बर्ष प्रतिहजार बीमाङ्कको ७० रुपैयाँका दरले पूरा बीमा अवधिको बोनस एकमुष्ट प्रदान गरिनेछ ।

त्यस्तै कम्पनीले हालसम्म सानिमा सरल, सानिमा दिर्घायु, सानिमा धनपति, सानिमा शुभलक्ष्मी, सानिमा दम्पत्ती, सानिमा वाल सौगात, सानिमा एकल भुक्तानी र सानिमा म्यादी गरी ९ बटा योजना बजारमा ल्याएको ढुङ्गानाले जानकारी दिए ।

सानिमा गु्रुपका अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुले प्रवद्र्धन रहेको उक्त कम्पनकिो चुक्तापुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको अधिकृत पुँजी तीन अर्ब र जारी पुँजी दुई अर्ब रुपैयाँ रहेको छ । छिटै नै कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर जारी गरेर दुई अर्ब चुक्तापुँजी पुर्याउने योजना रहेको छ ।

You might also like

Comments are closed.