काठमाडौं । कोभिड १९ को संक्रमण रोकथामका लागि भन्दै ६ महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । यही असोज ५ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय सोमबार बसेको मन्त्रीपरिषद बैठकले गरेको हो ।
सार्वजनिक यातायातसँगै हवाई उडान पनि सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको छ । स्वास्थ्य मापदण्डका पूर्ण पालना गर्ने गरी सार्वजनिक यातायात र हवाई सेवा सञ्चालनमा ल्याउने निर्णयमा सरकार पुगेको हो । असोज १ गतेदेखि नै सार्वजनिक बस सञ्चालन गर्ने दबाब यातायात व्यवसायीहरुले दिएका थिए ।



Comments are closed.