सिभिल र अटो इन्जिनियरिङ अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति

 

पोखरा । पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि गरिव तथा जेहेन्दार दुई छात्रालाई छात्रबृत्ति प्रदान गरिने भएको छ ।

पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत सिभिल तथा अटोमोबाइल इन्जिनियरिङमा दुई छात्रालाई छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको हो । पोखरा महानगरपालिकाका उपप्रमुख एवं कार्यक्रम संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले दुई छात्रालाई उपप्रमुखसंग महिला कार्यक्रम मार्फत छात्रबृत्ति उपलब्ध गराउने निर्णय भएको हो ।

footwear zone

पोखरा महानगरका ३३ वटै वडाका गरिव तथा जेहेन्दार छात्रालाई मध्यबाट दुई जनालाई अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च उपप्रमुखसंग महिला कार्यक्रमबाट ब्यहोर्ने छौ उपप्रमुख गुरुङले भनिन,‘ सिभिलमा अध्ययन गर्ने महिलाहरु भएपनि अटोमोबाइल इन्जिनियरिङ अध्ययन्मा प्रोत्साहित गर्न छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेका हौ ।’ अध्ययन गर्न चाहने छात्राहरुले भदौ १५ गतेभित्र प्रवेश परिक्षाका लागि फर्म भर्न अनुरोध गरिएको छ । ३३ वटै वडाबाट फर्म भरेर प्रवेश परिक्षामा उत्कृष्ट बनेका छात्रालाई छात्रबृत्ति प्रदान गरिने छ ।

इन्जिनियरिङ क्षेत्रमा महिलाको सहभागीता कम छ उपप्रमुख गुरुङले भनिन्, ‘तर अटोमोबाइल पढ्न रुचि नदेखाउने भएकाले सबै क्षेत्रमा महिला अब्बल बन्नुपर्छ भन्ने सन्देश दिन र आत्मबल बढाउन छात्रबृत्ति प्रदान गरिएको हो ।’ शिक्षालय सञ्चालनले यस क्षेत्रमा खड्किएको दक्ष जनशक्तिको मागलाई पूरा गर्ने विश्वास लिइएको छ । बहुप्राविधिक शिक्षालयले असोज १५ गतेसम्म भर्नाका लागि आवदेन दिन सकिने बताएको छ । पोखरा २९ भण्डारढिकमा रहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ यसैवर्षदेखि सुरु हुँदैछ ।

You might also like

Comments are closed.