सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं ।
गत सातादेखी घटिरहेको सुनको मूल्य साताको शुरुवात सँगै आइतबार पनि केही घटेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ छ भने चाँदकिो मूल्य १ हजार ३ सय २० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.