सुशीद्धारा वहिरालाई होटल व्यवस्थापन तालिम

पोखरा, २ मंसिर ।

फरक क्षमता भएका व्यक्तीलाई लक्षित गरेर सुशी होटल ट्रेनिङ सेन्टरले निःशुल्क तालिमको आयोजना गरेको छ । होटल ट्रेनिङ सेन्टरले वहिरा व्यक्तीलाई सिप सिकाउने उदेश्यले तालिमको आयोजना गरेको हो । तालिम १ महिना सम्म चल्नेछ ।

तालिम केन्द्रका संचालक दिनेश कुवँर को अध्यक्षता तथा पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष बरालले ट्रेनिङ सेन्टरले वहिरालाई समेटेर कार्यक्रम गरेकोमा प्रशंसा गरे । होटल व्यवस्थापनका लागि आवस्यक पर्ने सिप तालिममा सिकाईन्छ । कुक, वेटर, हाउसकिपिङ लगायतका कोर्षलाई तालिममा समेटिएको छ । पृथ्वी होटल व्यवस्थापन समितीका अध्यक्ष हरिप्रसाद पाण्डेले तालिमका सहभागीलाई रोजगारको लागि होटल व्यवस्थापन समितीले सहयोग गर्ने बताए । साथै वहिरालाई सिप सिकाउने काम गरेर ट्रेनिङ सेन्टरले राम्रो काम गरेको बताए ।

footwear zone

वहिरा व्यक्तीले पनि सवलाङ सरह काम गर्न सक्छन् र सिप सिकेर केही गर्न सकुन् भनेर तालिमको आयोजना गरिएको संचालक दिनेश कुवँरले जानकारी दिए । तालिममा गोरखा, स्याङ्जा, कास्की लगायतका जिल्लाबाट करिव २५ जनाको सहभागिता रहेको छ । तालिम पश्चात सहभागीलाई रोजगारीको व्यवस्था पनि गरिने कुवँरले बताए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ,, पश्चिम महिला जागरण समाज कोहलपुर बाकेका अध्यक्ष नर्वदा सिंह, कादुरी च्यारिटेवल फाउण्डेसनका नेपाल प्रतिनिधी यम गुरुङ, मोती प्रसाद श्रेष्ठ, पुर्णचन्द्र न्यौपाने लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.