सृजना बैंकिङको डिजिटल प्रविधि सेवा शुभारम्भ

पोखरा, ७ साउन ।

सृजना विकास केन्द्र अन्तर्गत सञ्चालित सृजना बैंकिङ कार्यक्रमले काहुँखोला शाखाबाट डिजिटल सेन्टर म्यानेजमेन्ट (डिसिएम) प्रणाली सुरू गरेको छ । वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउने क्रममा उक्त प्रविधि सुरू गरिएको हो । सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रणालीको शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले स्मार्ट प्रविधि शुभारभ्भ गरेर वित्तीय कारोबारलाई पेपरलेस बनाउन योगदान पुग्ने बताए । कारोबारमा पनि सहज हुने उनको भनाई छ ।

footwear zone

सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा केन्द्रका प्रथम उपाध्यक्ष कृष्ण थापा, महासचिव मीनप्रसाद भट्टराई, पत्रकार श्याम कुँवर, बैंकिङ कार्यक्रमका मुख्य व्यवस्थापक दिवस ढकाल, सूचना प्रविधि अधिकृत रामप्रसाद भण्डारी, केन्द्र प्रमुख लक्ष्मीदेवी क्षेत्री लगायतले बोलेका थिए ।

बैंकिङ कार्यक्रमका २१ वटा शाखा छन् । बैंकिङ कार्यक्रमका सम्पूर्ण गतिविधि अब डिजिटल बनाइने अध्यक्ष श्रेष्ठले जानकारी दिए । कास्की, तनहुँ, लमजङु र गोरखामा लघुवित्त सेवा प्रदान गरिरहेको बैकिङ कार्यक्रमका सदस्य ३१ हजार छन् ।

You might also like

Comments are closed.