सेन्ट मेरीज पोखराद्वारा पोशाक तथा शैक्षिक सामाग्री वितरण

पोखरा, ८ जेठ

सामुदायिक विद्यालयमा अध्ययनरत निम्न आयवर्गका छात्रछात्राहरुलाई सेन्ट मेरिज बिद्यालयले विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

विगत केही वर्षदेखि पोखराका सामुदायिक विद्यालयमा विविध सहयोग गर्दै आएको सेन्ट मेरीज बिद्यालयले यस पटक श्री सिद्ध मा.वि. फलेपाटनमा अध्ययनरत ५२ जना छात्र तथा छात्राहरुलाई एक कार्यक्रमबिच पोसाक तथा शैक्षिक सामाग्री, सेन्ट मेरीज बिद्यालयका प्राचार्य मारग्रेट मेरीको उपस्थितिमा वितरण गरेको हो ।

footwear zone

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा विषेश अतिथिको रुपमा बडा नं १५ वडा अध्यक्ष प्रकाश पौडेल उपस्थित रहेको थियो ।

You might also like

Comments are closed.