सौन्दर्य व्यवसायीहरुको तीज कार्यक्रम, फुलन्देको आमाको हास्य प्रहशन

आर्थिक आवाज
पोखरा । व्युटिपार्लर एसोसिएसन पोखरा कास्की र नेपाल व्युटिसियन संघ कास्कीको आयोजनामा शनिबार पोखरामा तीजको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

अग्रणी सौन्दर्य व्यवसायी चिनु गुरुङको संयोजकत्व तथा सभापतित्वमा आयोजित तीज कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद ललितकला गुरुङले सौन्दर्य व्यवसायीको व्यावसायिक सम्भावना बढेको बताउँदै बजारको माग अनुसार व्यवसायलाई परिस्कृत गर्दै अगाडि बढ्न सुझाव दिइन् ।

संस्कृतिको जगेर्ना गर्दै तीज मनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक चिनु गुरुङले जानकारी दिइन् ।

footwear zone

हास्य कलाकार फुलन्देको आमा (उमेश राई)को हास्य प्रहसन कार्यक्रमको आकर्षण बनेको थियो । कार्यक्रममा महिला उद्यमी मीलन थापा, व्युटिपार्लर एसोसिएसन गण्डकीका अध्यक्ष कल्पना कोइराला, व्युटिसियन संघ तनहुँका अध्यक्ष सकुन्तला आले, कानुनी सल्लाहकार गीता आचार्य लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.