पोखरा, २९ असार । हिमाअस मिस पोखरा–२०१८ को तयारीलाई तिब्र बनाइएको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको अन्तर्राष्ट्रिय संस्था जेसीआईसँग आबद्ध पोखरा जेसीजले वर्षेनी आयोजना गर्दै आइरहेको मिस पोखरालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । युवा नारीहरुप्रति लक्षित गर्दै आयोजना गरिएको मिस पोखरा सफल पार्न यस वर्ष संस्थाका कार्यकारीणी उपाध्यक्ष देवराज शर्माको मूल संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।
यस वर्ष मिस पोखरालाई हिमाअस ऐजुकेसन कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ । ‘युवा नारीहरुलाई उनीहरु भित्रको अन्तरनिहित क्षमता र प्रतिभा प्रस्फुटनको लागि मिस पोखराले उचित र यथेष्ट अवसर प्रदान गर्न सफल छ,’ अध्यक्ष सुवेदीले भने, ‘समाज प्रतिको युवाहरुको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने गराउने अभिप्राय सहित मिस पोखरा सौन्दर्य प्रतियोगिता आयोजना भएको हो ।’
प्रतियोगीहरुलाई फरक–फरक क्षेत्रका प्रशिक्षकहरुद्वारा व्यक्तित्व, नेतृत्व, एवं सामाजिक उत्तरदायित्वबोध सम्बन्धी प्रशिक्षण गराइने संंयोजक देवराज शर्माले बताए । ‘समाजको प्रतिनिधि मुलक युवाहरुको खोजी गर्नु र समाज विकासको सम्बाहकको रुपमा स्थापित गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य हो,’ उनले भने ।

दशौं संस्करणको मिस पोखराका लागि जुन १९ तारिखबाट आवेदन फर्म खुला गरिएको थियो । विभिन्न चरणको अडिसन मार्फत प्रतिस्पर्धीहरु छनौट गरी निर्धारित कार्यतालिका अनुसार अगष्ट २४ र २५ २०१८ (भदौ ८ र ९) बाट अभिमुखीकरण सहितको प्रशिक्षण कार्यक्रम हुनेछ । बन्द सत्रमा विभिन्न व्यक्तित्व तथा नेतृत्व अभिबृद्धि सम्वन्धि तालिम, अभ्यास, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
एक महिनाको फरक फरक विषयका तालिम तथा प्रशिक्षणहरु सम्पन्न गरी अन्तिम प्रतिष्पर्धा अक्टोवर ६ (असोज २० गते) पोखरा सभागृह हलमा आयोजना गरिने शर्माले जानकारी दिए ।
यसैबीच, मिस पोखराको उपाधी जित्ने प्रतियोगी आगामी मिस नेपालको छनौट प्रकृया बिना नै स्वतः प्रतिष्पर्धाका लागि छनौट हुनेछन् । जसबाट मिस पोखराकी उपाधी बिजेताको लागी राष्ट्रिय र तत्पश्चात अन्तर्राष्ट्रिय स्तरमा समेत आफूलाई परिचित गराउने अवसर मिल्ने अध्यक्ष सुवेदीले जानकारी दिए । यस वर्ष मिस पोखरा विजेतालाई एक हप्ताको लागि अष्ट्रेलिया भ्रमणको अवसर प्राप्त हुनेछ । मुख्य प्रायोजक हिमाअसले अस्ट्रेलिया, काठमाडौं, पोखरा लगायत विभिन्न स्थानबाट आफ्नो शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.