पोखरा, ५ साउन । पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । हिलसाइड बोडिङ स्कुलको सहकार्यमा कलेजले कक्षा ११ र १२ यस वर्षदेखि सञ्चालन गरेको हो ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम गरेर स्वागत गर्दै उच्च शिक्षाको पाइला अगाडि बढाउन शुभकामना दिइयो । स्वागत कार्यक्रममा बरिष्ठ साइकोलोजिस्ट डाक्टर सुशील कडँेलले विद्यार्थीलाई उच्च शिक्षाका लागि शुभकामना दिदै निरन्तरको अध्ययनले नै सफल भइने बताए ।
विद्यार्थीलाई निरन्तर रुपमा अध्ययन गरेर अगाडि बढ्न सल्लाह दिदै पढाई, सामाजिक कार्य, खेलकुद लगायतका क्षेत्रलाई पनिसँगै अगाडि बढाउनु पर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा अधिकृत जीवन रेग्मीले व्यवस्थापन र होटल म्यानेजम्यान्ट विषय व्यवहारिक विषय भएको भन्दै विद्यार्थीलाई पछिसम्म काम लाग्ने बताए ।

कार्यक्रममा कलेज सञ्चालक सुदनकुमार मुल्मी, क्याम्पस प्रमुख हरि कार्की, सहाय क्याम्पस प्रमुख प्रदीप खनाल, हिलसाइड स्कुलका निर्देशक लिला पराजुली, कलेजका सञ्चालक मोतिराज तिमिल्सिना, अभिभावक होम नेपाली र विद्यार्थी सुमिता तिमिल्सिना विद्यार्थीहरुले पढाइ गर्दा मध्ये नजर गर्नुपर्ने कुराहरुमा जोड्दिएका थिए ।




Comments are closed.