हिमाल पारीको जिल्लामा सामाजिक काम गर्दै गण्डकी विकास बैंक

पोखरा । गण्डकी विकास बैंक लिमिटेडले मुस्ताङ जिल्लाका विभिन्न विद्यालय एवं संघ संस्थालाई विविध सामग्रीहरु वितरण गरेको छ ।

यसै क्रममा बैंकले लेतेस्थित ज्ञानमेदय माविलाई एक थान फोटोकपी मेसिन सहयोग गरेको छ । घरपझोङ गाउँपालिका वडा नं. ५ स्थित जनमुक्ति युवा क्लबलाई विभिन्न खेलकुद सामग्रीहरु तथा जोमसोमस्थित मुस्ताङ कल्चरल एण्ड एजुकेशन सेन्टरमा आश्रित विपन्न वर्गका विद्यार्थीका लागि विभिन्न स्टेशनरी सामग्रीहरु वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक किशोर ओझाले सम्वन्धित संघ संस्थाका पदाधिकारीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रमा सम्बन्धित संघ संस्थाका पदाधिकारी एवं स्थानीयको उपस्थिति थियो ।

footwear zone

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा समाजका विविध क्षेत्रमा गरेको योगदानका बारेमा ओझाले प्रकाश पारेका थिए । मुस्ताङ जिल्लाका विभिन्न स्थानमा गएर यसरी सामाजिक क्षेत्रमा योगदान गर्न पाउँदा आफू हर्षित भएको उनले बताए ।

You might also like

Comments are closed.