हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा प्रशिक्षण कार्यक्रम

 

हेमजा, ७ बैशाख

राष्ट्रिय छन्द दिवशको पुर्ब सन्ध्याको अबसर पारि हेमजा साहित्य प्रतिष्ठानले २ दिने प्रशिक्षण कार्यक्रम गरेको छ । शनिबार पोखरा महानगरपालिका वडा न. २५ हेमजामा रहेको ज्ञानसरोबरमा सम्पन्न भएको हो । साथमा कबिता प्रतियोगिता तथा १९२ औ शुभप्रभात काब्यमाला पनि समापन भएको हो ।

footwear zone

कार्यक्रम समापन गर्दै प्रमुख अतिथी महाकाब्यकार माधब वियोगीले मानिसको अङग अङगमा छन्द भएको बताए । त्यस्तै छन्द भनेको लय भएको उल्लेख गर्दै छन्द बचाउनुपर्नेमा जोड दिए । कार्यक्रममा शुक्ला साहित्य प्रतिस्ठानका अध्यक्ष सुमन पौडेल, बडा न. २५ का अध्यक्ष शोभाखर तिमिल्सिना, गिताञ्जलि साहित्य प्रतिष्ठानका अध्यक्ष शिबप्रसाद गौतम, प्रशिक्षक शिब त्रिपाठी, गोबिन्द पराजुली, सञ्चारकर्मी गोबिन्द तिमिल्सिना लगायतले वोलेका थिए ।

कार्यक्रममा रुस्तम कुँवर, आर्या त्रिपाठी, गोबिन्द पराजुली, बिष्णु पराजुली, सर्बज्ञामान श्रेष्ठ, डा. अनिल थापा र डण्डीराज ज्ञवालीले आफनो रचना बाचन गरेका थिए ।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष छन्दमणि त्रिपाठीले धन्यवाद ज्ञापन र सञ्चालन सचिब बसन्त बाँस्तोलाले गरे ।

You might also like

Comments are closed.