२४ घन्टामा थपिए ३ सय ३८ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ४० जना कोरोना निको भएर घर फर्किएका छन् । आजसम्म १६ हजार ४ सय ९३ जना कोरोना मुक्त भइसकेका छन् ।

You might also like

Comments are closed.