३६ विपन्न परिवारलाई राहत

 

लेखनाथ ।
लेखनाथमा ३६ विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ । पोखरा–२७ मा सञ्चालित वृन्दावन धामकी कोषाध्यक्ष उमा गुरुङगको पहलमा युके र अमेरीकाबाट उनका छोरा छोरीहरुबाट प्राप्त ८८ हजार रुपैंया बराबरको खाद्यान्न विपन्न घरपरिवारहरुलाई वितरण गरिएको हो ।

प्रत्येक घरपरिवारलाई १ बोरा चामल, १ किलो दाल, एक प्याकेट नुन र १ लिटर तेलका दरले राहत वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. २७ की सदस्य सरु नेपालीले धामका सञ्चालकहरुले गरेको सहयोगको प्रशंसा गर्दै विपदको घडीमा सबैले अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुपर्ने वताईन ।

footwear zone

सरकारले वितरण गर्दै आएको राहत पर्याप्त हुन नसकेपनि कोही पनि नागरिक भोकै नपरुन भन्नेमा वडा लागिरहेको वताउँदै अति नै समस्या रहेका नागरकिहरुले सम्पर्क गर्न वा वडामा जानकारी गराउन उनले आग्रह गरीन ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चतुराखर अधिकारीले सेवा नै सबैभन्दा ठुलो धर्म भएको वताउँदै विदेशमा रहेर सहयोग पठाउने र यहाँबाट अनुरोध एवं वातावरण मिलाउने सबैमा आभार प्रकट गरेका थिए ।

धामका पुजारी गुरु वशिष्ठ महाराजको अध्यक्षता एवं सञ्चालीका कला गुरुङ, कोषाध्यक्ष उमा गुरुङ, उपाध्यक्ष शंकर पौडेल लगायतको उपस्थिीतीमा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार सन्दिप पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.