पोखरामा न्यून आय भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण

पोखरा । सामाजिक कार्यमा क्रियाशिल पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको महिला क्लब पोखराले विपन्न तथा न्यून आय भएका परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

पोखरा ७ मा रहेको एक मात्र सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना छात्र तथा छात्राहरुलाई स्कुल व्याग, कपी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले महिला क्लबले गर्दै आएका विभिन्न सामाजिक कार्यहरुको प्रशंसा गर्दै योपटक आफ्नै वडाको विद्यालयमा अध्यनरत विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद दिए ।

footwear zone

उनले आफ्नो वडामा रहेको एक मात्र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । वडा नं. ७ मा रहेका सम्पुर्ण आमा समुह, क्लबलगायतका सघंसस्थालाई थप क्रियाशिल बनाउन पनि महिला क्लबले नेतृत्वदायी भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।

श्री कृष्ण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले कल्बले गर्दै आएको सामाजिक सेवा यसपटक विद्यालयका विद्यार्थीका लागि समर्पित गरेकोमा धन्यवाद व्यक्त गरे ।

महिला क्लबका अध्यक्ष मिना आचार्यले क्लबले विगत ९ वर्षदेखि संस्था सामाजिक कार्यमा क्रियाशिल रहेको बताउदै आफ्नै वडामा रहेको विद्यालयका विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गर्न पाउदा खुसी व्यक्त गदै कार्यक्रम सफल पार्न सहयोग पुर्याउने विद्यालय परिवार लगायत क्लबका सम्पुर्ण सदस्यलाई धन्यवाद व्यक्त गरिन ।

विद्यालयको प्रङ्गणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत विद्यालयको तर्फबाट प्रध्यानध्यपक टिकाराम लामिछाने र संचालन महिला क्लबका उपाध्यक्ष सुनिता बरालले गरिन ।

You might also like

Comments are closed.