काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा आलेले उक्त घोषणा गरेका हुन् ।
चलचित्रको आज बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन् । सो चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्ने छन् । ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ ।
आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।




Comments are closed.