काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा सपिङ गर्ने पाँच जना भाग्यमानी ग्राहकले हेलिकप्टरमार्फत गोसाइकुण्ड दर्शन गर्ने अवसर प्राप्त गरेका छन् ।
सेल्सबेरीले आमाको मुख हेर्ने दिन (माता तीर्थ औंशी)को अवसरमा यो अफर ल्याएको थियो । आमालाई गोसाइकुण्ड दर्शन गराउने लक्ष्यसहित सेल्सबेरीले यो अफर ल्याएको होे ।
जिना घिमिरे, स्वर्णम जोशी, शैलेस सुवेदी, स्मिता पाण्डे र दिल सिंजापतीले टिकट जितेका छन् । जिना घिमिरेले बत्तीस पुतली ब्रान्चबाट, स्वर्णम जोशीले लोकन्थली शोरुमबाट, शैलेस सुवेदीले मूलपानी स्टोरबाट, स्मिता पाण्डेले मध्येबानेश्वर स्टोर्सबाट र दिल सिंजापतीले बसुन्धरा स्टोरबाट सपिङ गरेका थिए ।
सेल्सबेरीको केन्द्रीय कार्यालय सातदोबाटो उपस्थित भइ एक साताभित्र उपहार टिकट लिन बिजेताहरुलाई सेल्सबेरीले आग्रह गरेको छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा सेल्सबेरीमा सपिङ गरी ‘फोन पे’बाट भुक्तानी गर्ने ग्राहक मध्येबाट ५ जनाले लक्की ड्रका आधारमा यो अवसर प्राप्त गरेका हुन् ।
सेल्सवेरीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै समयसमयमा अफरहरु ल्याउँदै आइरहेको र आमा औंशीको अवसरमा ल्याइएको अफरमा ग्राहकको उत्साहजनक सहभागिता रहेको सेल्सबेरीका चिफ बिजनेश अफिसर चेतनारायण पौडेलले जानकारी दिए ।
वैशाख ५ देखि १७ गतेसम्म यो अफर लागु भएको थियो ।कार्यक्रममा बोल्दै फोन पेका क्याम्पियन हेड बर्षा भट्टले डिजिटल पेमेन्टलाई जोड दिन यो अफर ल्याइएको बताइन् ।




Comments are closed.