स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आवद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

यस सम्झौताबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् ।

बैंकको आपूर्तिमा आवद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरुलाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको हो । जसले उनीहरुको सम्पूर्ण चालु पुँजीलाई समेट्दछ भने, वितरकहरुलाई विशेष गरेर महामारी, तरलता आदिलगायतका कठिन समयमा उनीहरुको वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाउ पुग्न सक्छ ।

footwear zone

यसैगरी यसले ठूला कर्पोरेटहरुलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धताहरु लागू गर्न पनि सहयोग गर्नेछ । विश्वव्यापीरुपमा कारोबारी बैंकिङ्ग व्यवसायको मध्यस्थतामा प्राप्त १५० वर्षभन्दा बढीको अनुभवका साथ स्ट्याण्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय वाणिज्य तथा आपूर्ति आबद्ध वित्तीय समाधानको प्रमुख सेवा प्रदायक हो ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एससिबि नेपालका सिइओ अनिर्वाण घोष दास्तिदारले भने, ‘युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएकोमा बैंक हर्षित भएको छ । हामीले हाम्रा कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न हाम्रो डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका छौं र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा हामी कटिबद्ध छौं ।’

यो सम्झौता अत्यन्त उपयुक्त/सान्दर्भिक समयमा विशेष गरी साना मझौलाका लागि भएको भन्दै प्रशंसा गरिएको छ ।

 

 

You might also like

Comments are closed.