वातावरण दिवसको अवसरमा सेन्ट मेरिज विद्यालयका छात्राले देखाए सडक नाटक

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा पोखराको सेन्ट मेरिज माध्यमिक विद्यालयले सडक नाटक गरेको छ । पोखरा- १५ नयाँ गाउँमा अवस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयलले दिवसको अवसरमा सन्देशमुलक सडक नाटक गरेको हो ।

पोखराको लेक साइड स्थित हल्लन चोकमा आयोजना गरिएको सडक नाटकमा विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का छात्राहरुले अभिनय गरेका थिए । वातावरण दिवसको एक पृथ्वि (only one earth) मूल नारामा केन्द्रित रहेर देखाइएको नाटकमा करिब ४ सय बढीको उपस्थिति रहेको थियो ।

footwear zone

नाटकमा विद्यालयका प्रिन्सिपल दिपा सिजेलगायत विद्यालयमा अध्यापन गराउँदै आएका सम्पूर्ण शिक्षक तथा शिक्षिकाहरुको उपस्थिति रहेको विद्यालयका शिक्षकद्वय सुमन अधिकारी र रिभा अमात्यले जानकारी दिए ।

विद्यालयले हरेक वर्षको वातावरण दिवसमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । सन् १९८३ मा स्थापना भएको विद्यालयमा छात्राहरु मात्रै अध्ययन गर्छन् ।

 

You might also like

Comments are closed.