पोखरा फाइनान्सको सिइओमा पुनः रविचन्द्र गुरुङ नियुक्त

पोखरा । पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः रविचन्द्र गुरुङ नियुक्त भएका छन् । फाइनान्सको हालै बसेको सञ्चालक समिति बैठकले गुरुङलाई सिइओमा दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

गुरुङको कार्यकाल आगामी असार ९ गते सकिदैछ । दोस्रो कार्यकाल असार १० गतेबाट लागु हुने गरी उनलाई ४ वर्षका लागि पुनः नियुक्त गरिएको हो ।

गुरुङ करिब २ दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ यात्रा सुरु गरेका गुरुङ बिगत २०७३ देखि पोखरा फाइनान्समा आबद्ध छन् ।

footwear zone

पोखरा फाइनान्समा २ वर्ष सिनियर म्यानेजर भएर काम गरेका गुरुङ २०७५ बाट प्रमुख कार्यकारी अधिकृतको भूमिका छन् । गुरुङको नेतृत्वमा दोस्रो कार्यकालमा फाइनान्सले अझै राम्रो प्रगति गर्ने सञ्चालक समितिले विश्वास लिएको छ ।

पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स राष्ट्रियस्तरको वित्तीय संस्था हो ।

You might also like

Comments are closed.