नयाँ ठाउँमा सर्‍यो न्युरोडको योर्स च्वाइस रेष्टुरेन्ट

पोखरा । न्युरोड पोखरामा रहेको योर्स च्वाइस रेष्टुरेन्ट नयाँ ठाउँमा सरेको छ । रेष्टुरेन्टका सञ्चालक रमेश प्रसाद तिवारीले पहिले रहेको ठाउँ भन्दा ३ घर माथि रेष्टुरेन्ट सरेको बताए ।

पुरानो अंकल्स वियर गार्डेन रहेको ठाउँमा नयाँ भवन निर्माण गरि सुविधा सम्पन्न व्यवस्थापनका साथ रेष्टुरेन्ट सञ्चालनमा आएको उनले जानकारी दिए । फेवर चिम्नी सो रुमको माथिल्लो तल्लामा रेष्टुरेन्ट रहेको छ ।

रेष्टुरेन्टको मुख्य आकर्षणमा चितवनको खसीको तास, नेपाली थकाली थाली, ग्रिल फिस, नान, झोल मःम एवं नेपाली तथा इण्डियन परिकारहरू रहेको तिवारीले जानकारी दिए । साथै रेष्टुरेन्टमा एयरकण्डिसनयुक्त पार्टी हलको पनि सुविधा रहेको छ ।

footwear zone

‘स्वस्थ्य एवं गुणस्तरीय परिकार पूर्ण पारिवारिक वातावरणमा उपलब्ध गराउनु नै हाम्रो मुख्य उद्देश्य हो,’ तिवारीले भने । रेष्टुरेन्ट व्यवसायमा सञ्चालक तिवारीको करिब एक दशकको अनुभव रहेको छ ।

 

 

You might also like

Comments are closed.