सेती नदी घाटबाट टिपर र एक्साभेटर नियन्त्रणमा

दमौली ।

तनहुँको भिमाद नगरपालिका–५ झकासघाटस्थित सेती नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले चार टिपर र एक एक्साभेटर नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो ।

लु१क ३८३७, लु१क ३८३८, लु१क ३८३९, लु१क ४०६६ नंको टिपर र अल्फाबेट नखुलेको ५९८ नंको एक्साभेटर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

footwear zone

You might also like

Comments are closed.