घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं ।  नेपाली बजारमा पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।आज बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । तोलामा ६ सयले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार १००मा कारोबार भएको थियो ।आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार तोकिएको महासंघले जनाएको छ । सोमबारतेजाबी सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

footwear zone

त्यस्तै आज चाँदी तोलामा रु १५ रुपैयाँ घटेको छ । तोलामा १५ रुपैयाँ घटेसँगै आज चाँदी तोलाको १२७५ रुपैया तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १२९० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.