रोकिएन सेयर बजारको ओरालो यात्रा !

नेप्से ४५.५९ अंकले घट्दा १ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । सेयर कारोबारको दोस्रो दिन आज पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ बिन्दुमा झरेको छ भने, सेन्सेटिभ इण्डेक्स पनि ११ अंक बढीले घटेको छ।

यसअघि सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको थियो। सो दिन नेप्से १२.९२ अंकले घटेर २०६५.७८ बिन्दुमा पुगेको थियो। सो दिन २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २२७ रुपैयाँमा कारोबार भएको थियो।

आज कारोबार भएका सबै समूहको सेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको सेयर उच्च अंकले घटेको छ । आज दुई सय ३४ वटा कम्पनीको ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ ।

footwear zone

आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन बैंकको सेयर १० प्रतिशत तथा सपोर्ट लघुवित्त, समता लघुवित्त र जनउत्थान लघुवित्त कम्पनीको सेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

You might also like

Comments are closed.