लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच छुट सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा  ग्राहकलाई केबुलकार सेवामा छुट  सम्झौता गरेको छ ।

सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिए बापत भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने छ । पोखराको सेदी देखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।

बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा ‘ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

footwear zone

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

You might also like

Comments are closed.