कञ्चनपुर । बेलौरी नगरपालिकामा तोकिएको समयावधिभित्र कर नबुझाउने करदाताको सेवा रोक्का गरिने भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ र आर्थिक ऐन, २०७६ को नियम ७ ले दिएको अधिकारअनुसार नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी, उद्योग, वित्तिय सङ्घसंस्था, कृषि तथा अन्य सहकारी संस्था, लघुवित्त वित्तिय संस्था, बीमा कम्पनी र अन्य व्यवसायीलाई वार्षिकरुपमा बुझाउनु पर्ने कर बुझाउन नगरपालिकाले आह्वान गरेको छ ।
कर बुझाउनका लागि नगरपालिकाले आगामी असारको २० गतेसम्म समय सीमा तोकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिला लेखकका अनुसार निर्धारित समयावधिमा कर नबुझाउने करदाताको सेवा सुविधा रोक्का गरिने छ ।

कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यापार व्यवसाय धराशायी भएका बेला स्थानीय सरकारले जारी गरेको सूचना प्रति स्थानीय करदाताले असन्तुष्टि पोखे।
“कोभिडका कारण धरायसी भएको व्यापार व्यवसाय भर्खरै जुर्मुराउन थालेको छ” स्थानीय करदाताले भने, ‘कर नतिर्ने होइन, कर तिर्नुपर्छ तर कर तिर्ने समय अवधि लम्बाइनुपर्छ ।’




Comments are closed.