नबिल बैंक र अन्नपूर्ण केबुलकारबीच छुट सम्झौता

काठमाडौं । नबिल बैंक लि.र पोखरामा रहेको अन्नपूर्ण केबुलकारबीच ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा उल्लेख भए अनुसार नबिल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई डेबिट तथा क्रेटिड कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिए बापत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गरिने छ ।

पोखराको सेदी देखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।

footwear zone

अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो, जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्‍याउर्दै आएको छ ।

You might also like

Comments are closed.