कामना सेवा विकास बैंकद्वारा १३औं शाखा रहित बैंकिङ सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।

बैंकले सेवा विस्तार गर्ने क्रममा बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिका वडा नं ७ गेउरियामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

कमल गा.पा. वडा नं ७ गेउरिया बस्ने सन्तोष राईलाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। वडा नं. ७ का वडा अध्यक्ष पृथ्विपती राईले उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

footwear zone

कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितिका अध्यक्ष नारायणप्रसाद निरौलालगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

You might also like

Comments are closed.