काठमाडौं । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा सौर्य ऊर्जा (सोलार) निः शुल्क वितरण गरिएको छ ।
डोल्पोबुद्ध -६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए ।
कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए । संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका-१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो ।

यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको स्थानीयवासी सेनाङ लामाले बताए ।




Comments are closed.