काठमाडौं । विश्व रक्तदान दिवसको अवसरमा ओहायो एनआरएन च्याप्टर र ब्लड डोनर्स अफ अमेरिकाको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
”रक्तदान नै जीवन दान हो “ भन्ने भावनालाई आत्मासाथ गर्दै रगतको अभावले छटपटाउदै कसैले अमूल्य जीवन गुमाउनु नपरोस भन्ने उदेस्यका साथ बिश्व रक्तदान दिवसको अवसरमा ओहायो एनआरएन च्याप्टर र ब्लड डोनर्स अफ अमेरिकाको सयुक्त आयोजनामा रक्तदान कायक्रम सञ्चालन भएको हो ।
ओहायो राज्यको कोलम्बस स्थित हिल्टन होटलमा जुन -११ तारीख़ २०२२ सनिवारका दिन सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम स्थल भने स्वयम हिल्टन होटलले नै निशूल्क रूपमा उपलब्ध गराएको थियो भने रगत संकलन कार्य भर्सिटी ब्लड ड्राइभ सेन्टरले गरेको थियो।


उक्त कार्यक्रममा ओहायोका बिभिन्न शहरहरूवाट बिभिन्न पेशा तथा संघसंस्थासँग आबद्ध नेपालीरनेपाली भाषीहरूको उल्लेख्य रूपमा उपस्थिती रहेको थियो। ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालको संयोजकत्व तथा सौजन्यमा उक्त कार्यक्रम आयोजना भएको थियो।
कार्यक्रमा एनआरएन एनसीसी अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराई तथा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष लिलाराज दाहाल अतिथीको रूपमा रक्तदान कार्यक्रमामा सहभागी रहेका थिए ।

त्यस्तै ओहायो स्टेट युनिभर्सिटी मा कार्यरत माटो कार्बन पोस्ट डक्टरल विद्वान्उमेश आचार्य, चेस बैंक कोलम्बसमा कार्यरतमनिश ढकाल , Nationalwide Children Hospital मा कार्यरत Research Scientist महेश केसी , ए वान ग्रोसरि तथा होलसेल मोसरोडका मालिक विजय बुढा बुढा तथा Ohio State University मा अध्ययनरत बिधार्थीहरूको पनि व्यापक सहभागीता रहेको थियो।

स्थानिय समाजसेवी यादव दुलालले कार्यक्रमको शुरूमा रक्तदान गरेका थिए । ओहायो च्यापटरका अध्यक्ष मोहन न्यौपानेले जनपरिचालन तथा अन्य सहयोग गर्नुभयो।सचिव रिद्धि खड्का,कोषाध्यक्ष होताराम बिस्वकर्मा,सहसचिव लोकेन्द्र देबकोटा सदस्य डिल्ली केरूङले कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष रूपमा उपस्थित भई रक्तदान गर्दै अन्य सहयोग समेत गरेका थिए ।

महिला संयोजक बिनिता आचार्य, युवा संयोजक तथा लक्ष्मी ज्वयलर्सका स्थापक भिषन अधिकारी तथा सदस्यहरू हरिहर दाहाल ,वर्षा वली निरौला,गोकुल बाँनिया,रेवती कँडेल र दिपेद्र दाहालले औनौपचारीक रूपमा सहयोग गरेका थिए भने, संगठनलाई हरपल सहयोग गर्न रूचाउने महिला एलिशा ढकालले पनि रक्दान गरेकी थिइन् । कार्यक्रममा फोटोग्राफी भने अनुज दाहालले गरेका थिए।
बृहत रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने पत्रकार, बुद्धिजिवी, कलाकार, बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा कार्यसमिति र सल्लाहकार समितिका सम्पूर्ण टिमलाई दिएको छ ।




Comments are closed.