मेगा बैंक र इन्भेष्टमेन्ट बैंकबीच गाभ्ने सहमति, सेयर कारोबार रोक्का

काठमाडौं । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ ।नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको हो ।

दुवै बैंक एक आपसमा गाभ्नेरगाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकरी गराउँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सोमबार कारोबार रोक्का गर्न पत्र लेखेका थिए ।

दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्नेरगाभिनेबारे प्रारम्भिक समझदारी भएको मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारी गराउन समेत नेप्सेलाई भनेका थिए ।

footwear zone

सोही अनुसार दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो । यी दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ ।मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने छ ।

सम्झौता पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ ।

असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने गरी दुवै बैंकले डीडीए, साधारण सभा लगायतका कामलाई तीब्र बनाउने समझदारीमा उल्लेख छ ।

 

 

 

You might also like

Comments are closed.