प्रभु क्यापिटलद्वारा ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम-२०२२’ सञ्चालन

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आजबाट गतेबाट विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर नेपाल मै पहिलो पटक “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम -२०२२” सञ्चालन गर्ने भएको छ ।

विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको हो ।

यो कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ ।असार महिनाबाट शुरु हुने पहिलो “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२” मा ५ वटा कलेजका ३६ जना विद्यार्थीहरुलाई सहभागि हुनेछन् ।

footwear zone

असार महिनाको पहिलो “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम-२०२२” असार ०१ गतेबाट शुरु भई असार ३१ गतेसम्म सञ्चालन हुनेछ ।यस कार्यक्रममा विद्यार्थीहरुले शेयर कारोबार हुने प्रत्येक दिन आफ्नो तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ ।

असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन् । यो खेल मा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा रु. १० हजार बराबरको प्रभु सेलेक्ट फण्ड प्रदान गरिनेछ ।

श्रावण महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीहरुले कलेजको सिफारिस सहित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा असार १५ गते भित्र सम्पर्क गरिसक्नुपर्नेछ ।

You might also like

Comments are closed.