ग्रीनको कामु प्रमुख कार्यकारी अधिकृतमा बुढाथोकी नियुक्त

पोखरा । पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी नियुक्त भएका छन् । बैंकका कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख बुढाथोकीलाई बैंकको सञ्चालक समितिको जेठ ३१ गते बसेको १७६औं बैंठकले असार १ गतेदेखि लागू हुनेगरि बैंकको कायममुकायम प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।

विगत १६ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका बुढाथोकी बैंकको कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुखको रुपमा कार्यरत थिए । चार वर्ष अगाडि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका उमेशकुमार आचार्यको जेठ ३१ गते कार्यकाल समाप्त भएकोले बुढाथोकीलाई कामयमुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

२० वर्षको बैंकिङ अनुभवमा १५ वर्षभन्दा बढी प्रमुख कार्यकारी अधिकृत रहेका आचार्यलाई बैंकको उन्नती र प्रगतीमा पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद दिने र उनको उज्वल भविष्यको कामना गर्ने निर्णय समेत बैंक संचालक समितिले गरेको बैंकका सूचना अधिकारी सुशिल पौडेलले बताए ।

footwear zone

आफ्नो चार वर्षे कार्यकाल पुरा गरी बिदा भएका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यको सम्मानमा बैंकले विदाई कार्यक्रम आयोजना गरेको पौडेलले बताए । उनको चारवर्षे कार्यकालमा बैंकले आफ्नो व्यवसायमा उल्लेख्य वृद्धि, डिजिटल बैंकिङ गर्नुका साथै कार्यक्षेत्र विस्तार गरेको र शाखा सञ्जालमा व्यापक विस्तार गरेको थियो ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका बुढाथोकीको कर्जा व्यवस्थापनमा विषेश अनुभव रहेको छ । बुधवार आयोजित पदस्थापना कार्यक्रममार्फत् कार्यभार सम्हालेका बुढाथोकीले आम सर्वसाधारणहरुमा बैंकिङ पहुँच पुर्‍याउन ग्रीन डेभलपमेण्ट बैंकलाई विषेश नेतृत्व प्रदान गर्ने बताए ।

ग्राहकवर्ग, सेयरधनी तथा नियमनकारी निकायहरुको चाहना तथा नीति, निर्देशन बमोजिम बैंकको सेवामा आमुल परिवर्तन ल्याउन विशेष भूमिका निर्वाह गर्ने बताए । बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहुँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसिमका अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.