अन्नपूर्ण केवलकार र पोखरा फाइनान्सबीच छुट सम्झौता

पोखरा । पोखरा फाइनान्स लिमिटेड र पोखराको एक मात्र केवलकार कम्पनी अन्नपूर्ण केवलकार प्रा.लि. बीच छुट सम्झौता भएको छ ।

सम्झौताअनुसार पोखरा फाइनान्स लिमिटेडका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र केवलकार कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

footwear zone

अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो, जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्‍याउर्दै आएको छ ।

You might also like

Comments are closed.